काठमाडौं, २५ पुस । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई ब्यालेन्स सकिएको अवस्थामा रकम सापटी दिने नयाँ सेवा सुरु गर्ने भएको छ । तर यो सेवा टेलिकमले आफ्ना प्रिपेड ग्राहकलाई मात्र दिनेछ ।
यस्तो सेवा सुरु गर्नको लागि आवश्यक प्राविधिक तयारी अन्तिम चरणमा पुगेको टेलिकम स्रोतले जनाएको छ । यसअघि एनसेलले आफ्ना ग्राहकलाई यस्तो सुविधा दिँदै आएको थियो । तर टेलिकमले सुरु गर्न लागेको सापटी सेवा एनसेलको भन्दा फरक हुने दावी गरेको छ । अहिलेसम्म कति रकम सापटी पाइने हो, निश्चित गरिसकिएको छैन ।
टेलिकमका एक अधिकारीका अनुसार यस्तो सेवाबारे केही दिनभित्र अन्तिम निर्णय लिइने र कम्तिमा एक महिनामा यो सेवा सुरु गरिने छ ।
यो सेवा सुरु भएपछि टेलिकमका प्रिपेड ग्राहकले कसरी पैँचो पाउँछन् र टेलिकमले कसरी फिर्ता गर्छ भन्ने सम्पूर्ण मोडालिटी तयर नभइसकेको उनले बताए ।
एजेन्सी । कलेजो सुन्निनु स्वास्थ्यको लागि चुनौतीको विषय हो । केही घरेलु उपायका विधिहरु हुन्छन् जसबाट हामीले कलेजो सुन्निनबाट जोगाउन सक्छौं ।

मात्रै एक हप्तासम्म मात्र यस्तो जुस सेवन गर्दा पनि कलेजो सुन्निने समस्याबाट अपेक्षाकृत लाभ हासिल गर्न सकिन्छ ।

विधि
एउटा सानो गिलासमा गाजरको रस र पालकको रस झण्डै एक चियाको घुट्कोजति मिलाएर त्यसमा एकदम कम नुन र मरिच मिसाएर पिउनुहोस् । यस्तो जुसलाई बिहान र बेलुका हप्तामा तीन दिन, दिनमा दुईपटक सेवन गर्नुपर्छ ।

यसैगरी हप्तामा बाँकी चार दिन गाजर र काँक्रोको रस मिलाएर पिउनुहोस् । यसलाई पनि दिनमा दुईपटक सूर्यास्तभन्दा अगाडि नै पिउनुहोस् । यसले कलेजो सुन्निने लगायतका समस्याबाट सजिलै मुक्ति मिल्दछ ।
एजेन्सी । अधिकांश महिलाहरु अाफ्नो स्वास्थ्यको हेरचाहमा अाम पुरुषभन्दा बढी चासो राख्छन् । महिलाहरु पनि यस्ता पुरुषहरु मन पराउँछन् जो फिट र स्वस्थ रहन्छन् ।


यसका लागि पुरुषहरुले पनि अाफ्नो स्वास्थ्यको हेरचाह गर्नु जरुरत हुन्छ । मनोवैज्ञानिकका अनुसार महिलाहरु पुरुषको यी कुरामाथि विशेष ध्यान राख्छन् ।

१. महिलाहरु यस्ता पुरुषहरुलाई ध्यान दिन्छन् जो दिनहुँ नुहाउँछन् ।
२. महिलाहरु सफा तथा चमकदार दाँतका साथै  राम्रो मुस्कान भएको पुरुषहरु मन पराउँछन् ।
३. महिलाहरु लामो, बाक्लो तथा सिल्की कपाल भएका पुरुषहरु मन पराउँछन् ।
४. इस्टामिना बढी भएका र जो काम फुर्तिसँग गर्न सक्छ, महिलाहरु त्यस्ता पुरुषहरु मन पराउँछन् ।
५. महिलाहरु पुरुषको अनुहार क्लियर भएको मन पराउँछन् । उनीहरु कुनै दाग नभएको तथा डण्डीफोर, चाँयापोतो भएको मन पराउँदैनन् ।
(एजेन्सी) । युवतीहरु आफ्नो कम्मरको आकारका विषयमा निकै सजग रहन्छन् । कम्मरको आकार नबढोस् भनेर डाइटिङ तथा एक्ससाइजका सबै तरिका पनि अपनाउँछन् । बारुली (बारुलोको जस्तो छिनेको) कम्मरको चर्चा गीत-संगीतमा समेत हुने गरेको छ ।


तपाईंले यस्तो कम्मर देख्नुभएको छ, जसमा गाँठो पारिएको होस् । सायद यस्तो त कल्पना पनि गर्न सकिन्न । तर, सर्भियाकी एक मेकअप आर्टिष्टले यसलाई सम्भव बनाएकी छन् ।

मिरजाना किका नामकी यी आर्टिष्टले यस्तो कमाल देखाइन्, जसलाई हेर्नेहरु अचम्ममा परे । उनले आफ्नो अद्भुत क्षमताको बलमा यस्तो आर्ट तयार पारिन्, जसमा कम्मरबा गाँठो पारेकोजस्तो देखिन्छ ।

पेन्टिङको शोख उनमा बचपनदेखि नै थियो । यहिले पेन्टिङलाई नै आफ्नो करियर बनाएकी उनी फेस पेन्टिङ, बडी पेन्टिङ, स्किन इलूजन तथा मेकअपका लागि चर्चित छिन् ।

भिडियो हेर्नुहोस्:
काभ्रे, २९ पुस । कुसादेवीका दीपेन्द्र थापा अलैँचीको बिरुवा उत्पादन गरी मनग्य आम्दानी गर्दै आएका छन् ।

तीन वर्षदेखि अलैँचीको बिरुवा उत्पादन गर्दैआएका थापाले बिरुवा बिक्रीबाट वार्षिक २० लाखसम्म आम्दानी गर्दै आएका छन् । 'सुरुवाती चरणमा बिरुवा उत्पादन गर्न निकै मिहेनत गर्नुपर्छ,' उनले भने, 'आम्दानी यथेष्ट आम्दानी हुन थालेपछि काम गर्न जाँगर चल्छ ।'

उनले सुरुवातमा एक लाखको लगानीमा दुई रोपनी जग्गामा अलैँचीको बिरुवा उत्पादन कार्य गरेका थिए । हाल उनले आठ रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आएका छन् । थापाले कृषिसम्बन्धी विभिन्न तालिम समेत लिएका छन् । तालिम लिएपछि उनी बिरुवा उत्पादनमा लागेका हुन् ।

'बिरुवा बिक्री गर्न बजारसम्म धाउनु पर्दैन,' उनले भने । सर्वसाधारण बिरुवा लिन घरसम्मै आइपुग्छन् । थापाले घरपरिवारको सहयोगबाट नै कामलाई निरन्तरता दिँदै आएका छन् । काउली, मुला लगाउने जग्गामा अलैँचीको बिरुवा रोप्ने गरेको उनी बताउँछन् । केही वर्ष पहिले वैदेशिक रोजगारीका लागि कोरिया जान खोजेका थापा एक्कासी बिरुवा उत्पादनमा लागेका हुन् ।

'आफ्नै देशमा नै गर्न चाहे के हुँदैन, विदेशमा भन्दा दोब्बर आम्दानी गर्न सकिन्छ,' उनले भने । अलैँचीको बिरुवा उत्पादनबाटै उनले आठजनाको परिवार धान्दै आएका छन् । आफूले अलैँचीको बिरुवा उत्पादनको काम गर्न थालेपछि गाउँका अन्यलाई प्रशिक्षण दिएर सामूहिक बीउ उत्पादनमा जोड दिँदै आएका छन् । 

अलैँचीको एउटा बिरुवाको मूल्य १० सम्म पर्छ । एउटा झाङ बिरुवालाई २०० सम्म पर्छ । एक किलो अलैँचीको गेडाबाट दुई लाखसम्मको बिरुवा उत्पादन हुने थापाको भनाइ छ । हाल थापाले उत्पादन गरेको बिरुवा काभ्रेपलोञ्चोक, सिन्धुपाल्चोक, कास्की, मकवानपुरलगायत देशका अन्य जिल्लामा समेत बिक्री वितरण हुने गरेको छ । 
उनले रामसाही, गोल्साही, चिवेसाही, डमरसाहीलगायत सात प्रजातिका बिरुवा उत्पादन गर्दै आएका छन् । थापाले हाल खाद्यान्न तथा बीउ आलु, फलफूल, अलैँची नर्सरी उद्योग सञ्चालन गरेका छन् । रासस 

सोलुखुम्बु, २९ पुस । स्थानीय दूधकुण्ड नगरपालिका- ६ कुलनारायण श्रेष्ठले बसपार्क निर्माणका लागि दूधकुण्ड नगरपालिकालाई एक रोपनी एक आना जग्गा निःशुल्क प्रदान गरेका छन् ।

सदरमुकामस्थित दोर्पुबजारमा हाल प्रतिआना तीन लाख पर्ने ५१ लाख मूल्य बराबरको सो जमिन दाता श्रेष्ठले उपलब्ध गराएका हुन् । नगरपालिकाले हाल जिरो प्वाइन्टको रुपमा प्रयोग गरिरहेको स्थान अत्यन्तै साँघुरो भएकोले खुल्ला स्थानमा जिरो प्वाइन्ट बनाइएकाले आवागमनका लागि सहज भएको छ । 

नगपालिकाले जग्गादाता श्रेष्ठलाई नगर परिषद्का अवसरमा सम्मान समेत गरेको छ । श्रेष्ठले जग्गा उपलब्ध गराएर बसपार्क निर्माण गर्न सहज भएको नगरपालिकाका कार्यकारी अधिकृत गुणराज भटराईले बताए । रासस 

काठमाडौं, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सरकारमा संलग्न प्रमुख दलसहित मधेशी मोर्चाको बैठक सम्पन्न भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मधेसी व्यवस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई पारित गराउन सकारात्मक भूमिका खेल्ने सहमति जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



बैठकमा प्रधानमन्त्री प्रचण्डले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्तावसहित निर्वाचन सम्वन्धी बिधेयकहरु पारित गरेर स्थानीय तहको निर्वाचन सफल पार्न दलहरुलाई आग्रह गरेका थिए । बैठकमा संविधान संशोधन विधेयक र निर्वाचन सम्वन्धी कानूनलाई आवश्यक परिमार्जन सहित पारित गर्न सकारात्मक भूमिका खेल्ने सहमति भएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा वादल, मातृका यादव, पम्फा भुषाल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, ह्दयेश त्रिपाठी, अशोक राईलगायत सहभागी थिए ।
Copyright © 2016 khabaralaya.com